भारतले वेस्ट इन्डिजविरुद्धको नवौं टेष्ट सिरिज जित्याे

भारतले वेस्ट इन्डिजविरुद्धको नवौं टेष्ट सिरिज जित्याे


भारतीय क्रिकेट टिमले वेस्ट इन्डिजविरुद्ध लगातार नवौं टेष्ट सिरिज जितेको छ। वेस्ट इन्डिजविरुद्ध पछिल्लो पटक भारतले सन् २००२ मा हारेको थियो। घरेलु मैदानमा वेस्ट इन्डिजले भारतलाई २-१ ले हराएको थियो।

भारत र वेस्ट इन्डिजको दोस्रो टेष्ट म्याचमा वर्षा बाधक बन्यो। पोट अफ स्पेनको क्विन्स पार्क ओभलमा भएको टेष्ट म्याचको पाँचौ दिन खेल वर्षका लागि पुरै प्रभावित बन्यो। एक बलपनि हुन पाएन। सोही कारण भारत जित नजिक रहेको टेष्ट बराबरीमा सकिएको थियो।

अन्तत भारतले दुई म्याचको टेष्ट सिरिज १-० ले जित्न सफल रह्यो। भारतले पहिलो टेष्ट एक इनिङ्स र १ सय ४१ रनले आफ्नो पक्षमा पारेको थियो। भारत र वेस्ट इन्डिजले अब तीन म्याचको वान डे सिरिज खेल्नेछन्। 

भारतले दोस्रो टेष्टमा वेस्ट इन्डिजलाई ३ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।आईतबारको खेल समाप्त हुदाँ वेस्ट इन्डिजले दुई विकेटमा ७६ रन बनाएको थियो। पाँचौ दिन र अन्तिम दिन उसलाई २ सय ८९ रनको आवश्यकता थियो। भारतलाई भने ८ विकेट चाहिएको थियो। तर खेल हुन भने सकेन। यसरी भारत १-० ले विजयी बन्यो र वेस्ट इन्डिज क्लिन स्विप हुनबाट जोगियो । 

भारतले पहिलो इनिङ्समा ४ सय ३८ रन बनाएको थियो। दोस्रो इनिङ्समा भारतले दुई विकेटमा १ सय ८१ रन बनाएर इनिङ्स घोषणा गरेको थियो । जसमा वेस्ट इन्डिजले ३ सय ६५ रनको लक्ष्य प्राप्त गरेको थियो । 

Skip This
Logo