केन्द्रीय सदस्यलाई चिया खुवाउँदै शशांक कोइराला

केन्द्रीय सदस्यलाई चिया खुवाउँदै शशांक कोइराला


नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टीका केन्द्रीय सदस्यहरूको सम्मानमा चियापान कार्यक्रमको आयोजना गरेका छन्।

एक वर्षपछि साउन २ गतेबाट कांग्रेस केन्द्रीय समिति बैठक जारी रहेका बेला कोइरालाले मंगलबार बिहान ९ बजे लैनचौरमा केन्द्रीय सदस्यहरूका लागि चियापान कार्यक्रम आयोजना गरेका हुन्।

आइतबारको केन्द्रीय समितिको बैठकमै सबैलाई चियापानको निम्ता कोइरालाले दिएका छन् ।चियापानमा सभापति शेरबहादुर देउवासहितका सबै नेताहरू सहभागि हुने कोइरालाको सचिवालयले जनाएको छ।

सभापति देउवाप्रति पार्टीको १४औं महाधिवेशनपछि शशांक केही लचिलो देखिएका छन्। पार्टीको १५औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने जनाउँदै कोइरालाले दशै र तिहारपछि जिल्ला भ्रमणमा निस्कने निकटहरूलाई बताउँदै आएका छन्।

सोही सन्र्दभमा उनले केन्द्रीय सदस्यहरूका लागि चियापान कार्यक्रम गरेर सम्बन्ध विस्तारको प्रयास थालेको निकटस्थहरूको दाबी छ।    

Logo