आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?

आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?


नेपाली  बजारमा आज सुनको भाउ २ सय रूपैयाँले बढेकाे छ। साेमबार १ लाख १२ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार २सय  रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुनकाे मूल्य ताेलामा १ लाख ११ हजार ६ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य ५ रूपैयाँले घटेकाे छ। साेमबार प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo