निर्धारित लक्ष्य प्राप्त हुनेगरी काम गर्न कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन

निर्धारित लक्ष्य प्राप्त हुनेगरी काम गर्न कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन


अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक राजस्व कार्यालयलाई राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न निर्देशन दिएका छन् । 

रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवाको निरीक्षणका क्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नियम, कानून र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न निर्देशन दिएका हुन् ।

उनले त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न सचेत हुन पनि निर्देशन दिए । 

अर्थमन्त्री महतले मूल्य अभिवृद्धि कर विस्तारै हट्दै गएको र त्यसले राजश्व संकलनमा असर पुगेकोले भ्याटलाई पुनः प्रवेश गराएको भन्दै नयाँ मूल्यमा अभिवृद्धि कर कसरी लागू गर्ने भन्ने बारेमा सबैजना प्रशिक्षित हुनुपर्ने बताए । नयाँ क्षेत्रमा कर प्रस्ताव गरिएकोले त्यसलाई राम्रोसँग अध्ययन गर्न आग्रह गर्दै मन्त्री महतले कामकै आधारमा सबैको मूल्यांकन हुने पनि बताए ।

Logo