चियापन भेलाले काँग्रेसमा एकताको सन्देश प्रवाह हुन्छः शशांक कोइराला

चियापन भेलाले काँग्रेसमा एकताको सन्देश प्रवाह हुन्छः शशांक कोइराला


नेपाली काँग्रेसका नेता शशांक कोइरालाले आजको चियापान भेलाले कांग्रेस एकतावद्ध रहेको सन्देश प्रवाह हुने बताएका छन्।
 
नेता कोइरालाले आज विहान काठमाडौँमा आयोजना गरेको चियापान समारोहमा बोल्दै उनले यस भेलाले पार्टी नेता कार्यकर्तालाई आराम मिल्नुका साथै बाहिर काँग्रेस एकतावद्ध छ है भन्ने सन्देश जाने धारणा राखेका हुन्। 

उनले भने,‘एक सातबाट चलिरहेको काँग्रेस केन्द्रीय समितिको बैठकमा धेरै इस्युहरुमा बहस भए। कतिपय विवादहरु भए, यहाँ आएर त्यो विवादहरुलाई समाप्त पार्नलाई भाइचाराको रुपबाट यो चियापानलाई हेर्नुपर्‍याे भन्ने मेरो भनाइ हो।’

झन्डै एक साता अघिबाट चलिरहेको काँग्रेस केन्द्रीय समितिको बैठकमा देशका विभिन्न स्थान र क्षेत्रबाट आएका नेताहरुलाई कोइरालाले चियापानमा बोलाएका थिए। उक्त भेलाले काँग्रेसमा चर्किएको गुट उपगुट र संस्थापन तथा संस्थापन इतरका काँग्रेसी नेताका बीचमा देखिएको दरार र असमञ्जस्यतालाई चिर्न मद्दत गर्ने नेता कोइरालाको अपेक्षा छ।

Skip This
Logo