सीजीनेटकाे ‘ट्रिपल आर’ अफरः स्मार्ट वाचदेखि रिसोर्टको प्याकेज जित्ने माैका

सीजीनेटकाे ‘ट्रिपल आर’ अफरः स्मार्ट वाचदेखि रिसोर्टको प्याकेज जित्ने माैका


इन्टरनेट सेवा प्रदायक कम्पनी सीजीनेटले ट्रिपल आरआरआर (रिफर, रिडिम, रिपिट) नामक उत्कृष्ट अफर ल्याएको छ।

यस अफरअन्तर्गत सीजीनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले १ महिना सित्तैमा इन्टरनेट चलाउन पाउनेछन्। यसका साथै हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहार पनि पाउनेछन्।

कम्पनीका अनुसार रिफर गर्ने र रिफर हुने दुवैले अफर अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्ने मौका पाउनेछन् । साथै ३ जनासम्म रिफर गर्नले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गरिनेछ।

आरआरआर अभियानमा सहभागी हुन थप प्रोत्साहनका रुपमा सीजीनेटले प्रस्तावको ४५ दिनको अवधिभर शीर्ष तीन उच्च रिफररलाई ट्रयाक गर्नका लागि लिडरसिप बोर्ड लागू गरेको छ। यस अवधिभरमा सफलतापूर्वक सबैभन्दा बढी रिफर गर्ने ३ जनामध्ये सबैभन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज प्रदान गरिनेछ भने दोस्रो–उच्चतम रिफररले अत्याधुनिक ४३ इन्चको स्मार्ट टीभी प्राप्त गर्नेछ र तेस्रो–उच्चतम रिफररलाई ३२ इन्चको स्मार्ट टिभी प्रदान गरिने कम्पनीले जनाएको छ । 

४५ दिनसम्म चल्ने यस अफरले ग्राहकलाई आफ्ना साथी, परिवार र सहकर्मीलाई सीजीनेट परिवारमा सामेल हुन निमन्त्रणा गर्न र यस सुनौलो अवसरको फाइदा उठाउनलाई हौसाउने पनि कम्पनीले विश्वास लिएकाे छ।

Logo