यी कुमारीले ठूलो अनिष्टको संकेत गर्दै रोएको चौथो दिन राजदरबार हत्याकाण्ड ! (भिडियोसहित)

  • जितेन्द्र रसिक
    काठमाडौं ।

नेपालमा थुप्रै प्रकारका ऐतिहासिक परम्परा, संस्कृति र जीवनशैली छन् । ती मध्ये कतिपय निकै रोचक र रमाइला संस्कृति पनि छन् । आज भने हामी जीवीत कुमारीको चयन प्रक्रिया, उनको जीवनशैली र भविष्यको विषयमा चर्चा गर्दैछौं ।

यीनि हुन् ललितपुर पाटनकी चनिरा बज्राचार्य । उमेरले २४ वसन्त पार गर्दैछिन् । उनी पूर्व कुमारी हुन् । ५ वर्षको उमेरमा नै उनी कुमारी बनेकी हुन् ।

कुमारी हुन योग्य बालिका सानै उमेरदेखि विलक्षण प्रतिभाकी हुन्छन् भन्ने विश्वास गरिन्छ । चनिरामा विलक्षण गुण देखेरै कुमारी छान्न बसेका राजपुरोहित र विहारका पूजारी लगायत छनौट समितिले चनिरालाई कुमारीमा छनौट गरे । ५ वर्षको उमेरका बालबालिकाले धेरै कुरा जीवनभर याद गर्न सक्छन् । चनिरालाई पनि कुमारीमा छनौट भएपछि आफुमा तरंगीत भएका भावनाहरुको राम्रो याद छ ।

कुमारी बनिसकेपछि चनिरा समान्य जीवनबाट देवी कुमारी बनेकी थिइन् । विहान ६ बजे उठी सक्नुपर्दथ्यो । त्यसपछि स्नान गरि कुमारीको पहिरनमा सजिनु पर्दथ्यो । पहिरनसँगै मेकअप गरिन्थ्यो अनि नित्य पूजामा सरिक हुनुपर्दथ्यो । त्यसपछि भने आर्शिवाद लिन आएका मानिसहरुलाई प्रसाद र आर्शिवाद दिने काम हुन्थ्यो । आर्शिवाद र प्रसादको समय भने मानिसको उपस्थितिमा निर्भर रहन्थ्यो । कहिलेकाही कम भक्तजन आउँदा भने आराम गर्ने अवसर मिल्थ्यो । कुमारी रोईदिँदा अनिष्ठ हुने जन विश्वास छ । तर चनिरा रोइदिन्थिन् । उनी रुँदा अनिष्ठ हुन्छ भन्ने पाँच वर्षकी बालिकालाई के थाहा ?

जीवीत देवी कुमारीको सम्वन्ध राजपरिवारसँग जोडिएको हुन्छ भन्ने मान्यता छ । २०५८ साल बैशाख १६ गतेदेखि कुमारी चनिराको आनीबानीमा अनौठो परिवर्तन आयो ।

उनी २०५८ जेठ १६ गतेदेखि नै चार दिन निरन्तर रोइन् । कुमारी रोएमा राजपरिवारमा अनिष्ठ हुन्छ भन्ने मान्यताले पाटनभरि कुमारी रोएको हल्ला फैलियो । केहिले नयाँ कुमारी भएकीले रोएकी होलान् भन्ने ठानी फकाइयो । तर उनी फकिईनन् । जेठ १९ गते राती कुमारीघरमा फोन बज्यो । राजदरवार हत्याकाण्डको खबर जब फोनबाट कुमारीघरमा पुग्यो त्यसपछि भने उनी शान्त बनिन् ।

कुमारी आसनमा बस्दा सारा समाजले जीवित देवी भगवानका रुपमा पुजे पनि उनले आफूले आफैंलाई भगवान नमानेको बताउँछिन् । कुमारी जीवनमा उनले कसैलाई प्राथना गरिदिँदा भने उनका भक्तले सोचेको कुरा सफल भएको उनी आफूलाई महशुस हुने गरेको बताउँछिन् । चनिराको कुमारीे अवधि सकिंदै गएको थियो, त्यतिबेला भने उनी गम्भिर बनेकी थिइन् । १० वर्षसम्म कुमारी जीवन विताइरहेकी उनलाई बाहिरको दुनियाँ कस्तो होला भन्ने उत्सुकता थियो ।

चनिरालाई समाजमा घुलमिल हुन निकै समय लाग्यो । उनी बोल्न नजान्ने, सडकमा हिंड्न नजान्ने, बाटो काट्न समेत नजान्ने थिइन् । उनलाई आमा बाबुले हात समाएर सडक पार गराईदिनु पर्दथ्यो । बाहिर एक्लैं हिंड्न आत्मविश्वास नहुँदा जहाँ जान पनि बाबुआमाको साहारा लिनुपर्ने हुन्थ्यो । कुमारी जीवनबाट अवकाश त लिइन् तर कुमारीघरमै एसएलसीसम्म अध्ययन गरेकी उनलाई कलेज जान आउन निकै कठिन भयो ।

कुमारी जीवनमै चनिराले कुमारी घरमै एसएलसी दिएकी थिइन् । उनलाई पढाउन एकजना शिक्षक खटाइएको थियो । कुमारी जीवनबाट अवकाश पाएपछि भने उनी कलेज भर्ना भइन् । कुमारी जीवनबाट निस्केर कलेज भर्ना हुन जाँदा पहिलो दिन निकै भव्य रुपमा स्वागत गरिएको क्षण उनी यसरी सम्झिन्छन् ।

उनी अहिले जीवित देवी कुमारीको बारेनै खोज अनुसन्धान गरिरहेका छन् । उनी कुमारी संस्कृति कसरी सूरु भयो र वास्तविकता के हो भन्ने जान्न गहिराईमा गएर अध्ययन अनुसन्धान गरिरहेको बताउँछिन् ।

जीवीत देवी कुमारीको साँस्कृतिक महत्व छुट्टै छ । उनी कुमारी संस्कृतिलाई बौद्ध धर्म र हिन्दु धर्मको संगम मान्छिन् । कुमारी हिन्दु देवता तलेजु भवानीको जीवीत देवी कुमारी हो । कुमारी भने बौद्ध धर्मालम्वीको शाक्य तथा बज्राचार्य परिवारबाट जन्मिएका बालिकाहरुबाट छानिन्छन् । कुमारीलाई बुद्ध र हिन्दु दुबै धर्मले मान्ने भएकाले यसले नेपाल र नेपालीबिच धार्मिक सहिष्णुता कायम गरेको छ । कुमारी संस्कृतिमा सकरात्मक पक्ष धेरै भए पनि नकारात्मक पक्ष पनि रहेको चनिरा बताउँछिन् । नकारात्मक पक्षलाई सुधार गर्दै लानुपर्ने उनको सुझाव पनि छ ।

पूर्वकुमारीसँग विहे गर्दा पूर्वकुमारीको श्रीमानको मृत्यु हुन्छ भन्ने समाजमा एक प्रकारको भ्रम छ । जसको कारण केटाहरु पूर्व कुमारीसँग विहे गर्न डराउँछन् । २४ वर्षिय चनिराको जीवनमा पनि अहिलेसम्म कुनै पुरुषले प्रेम प्रस्ताव वा विबाहको प्रस्ताव राखेका छैनन् । हेरौं भिडियोमा :

सम्बन्धित समाचारहरु

ताजा समाचार