रघुजी पन्तकाे टिप्पणी – ‘सुन तस्करी प्रकरणमा सरकारले केही गर्न सकेन, कुरा मात्रै ठूला’

रघुजी पन्तकाे टिप्पणी – ‘सुन तस्करी प्रकरणमा सरकारले केही गर्न सकेन, कुरा मात्रै ठूला’


नेकपा एमालेका सांसद रघुजी पन्तले सुन प्रकरणको विषयमा सरकारले केही गर्न नसकेको टिप्पणी गरेका छन् । 

बुधबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकपछि सांसद पन्तले सरकारले काम नगरेको तर कुरा भने ठूलो गर्ने गरेको आरोप लगाएका हुन् । सुन प्रकरणको जगसम्म पुगेर त्यसको प्रमुख व्यक्तिलाई कानूनको दायरामा ल्याउनु पर्ने उनको भनाइ छ । 

'भरियालाई दोषी देखाएर हुँदैन त्यो सुन ल्याउने मुख्य मान्छे को हो त्यसको जगसम्म पुग्नुपर्छ । सुन प्रक्रियाको विषयमा जो-जो सामेल छ त्यसलाई कारवाही हुनुपर्छ । त्यसैको बारेमा जोडदार आवाज उठाउछौं । कामचाँही नगर्ने, को हो त्यो मुख्य मान्छे भनेर सरकारले पत्ता लगाउन सकेको छैन् । खालीमन्त्रीहरु चाहीठूलो ठूलो कुरा गर्दै हिड्ने । त्यसोहुनु भएन । दोषी पत्ता लाग्नुपर्यो ।' उनले भने ।

Logo