सुन प्रकरणमा सत्तापक्षकै हात छ, साना मानिसलाई पक्रेर आँखामा छारो हालेः अध्यक्ष केसी

सुन प्रकरणमा सत्तापक्षकै हात छ, साना मानिसलाई पक्रेर आँखामा छारो हालेः अध्यक्ष केसी


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुन प्रकरणमा सत्तापक्षकै जिम्मेवार व्यक्तिहरुको संलग्नता रहेको आरोप लगाएका छन् । 

बुधवार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष केसीले सुन प्रकरणमा सत्तापक्षकै जिम्मेवार व्यत्तिहरुको संलग्नता रहेको दावी गरे । उनले साना मानिसलाई पक्राउ गरेर नेपाली जनताको आँखामा छारो हाल्ने काममात्र गरेको बताए ।  

उनले भने, ‘राज्य सत्ताका जिम्मेवार व्यक्तिसामेत नभईकन यत्रो ठूलो अपराध हुनै सक्दैन । अब साना मानिसलाई पक्रेर नेपाली जनताको आँखामा छारो हाल्न पाईदैन । मूल अपराधी कहाँ छ कुन कुनामा बसेको छ । त्यो अपराधीलाई समातेर नेपाली जनतालाई देखाउन सक्नुपर्छ सरकारले ।’

अध्यक्ष केसीले स्वयम् राज्य सत्ता नै यस्तो लुटपाटमा संलग्न भईरहेको टिप्पणी गरे । यति धेरै परिणाममा सुन बाहिर आउनु अन्तर्राष्ट्रिय तस्करहरुले नेपाललाई ट्रान्जिट पोइन्ट बनाएको उनको भनाइ छ । 

Logo