सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ


सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ परेका छन्। 

एक क्वीन्टल सुन तस्करी प्रकरणमा दोषी रहेको ठहर गर्दै राजश्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो। उनीबारे थप विवरण केही पनि सार्वजनिक भएको छैन। योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।

यसअघि भन्सार अधिकृत सन्तोष चन्दसहित खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठसहित १६ जनालाई विभागको टोलीले पक्राउ गरेको थियो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । स्कुटरको ब्रेक सुमार्फत उक्त सुन भित्रिएको थियो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ । 

Logo