लालिगा च्याम्पियन बार्सिलोनालाई आर्सनलले चुट्यो

लालिगा च्याम्पियन बार्सिलोनालाई आर्सनलले चुट्यो


प्रि-सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब बार्सिलोनामाथि सानदार जित हात पारेको छ । 

आर्सनलले लालिगा च्याम्पियन बार्सिलोनालाई ५-३ गोलअन्तरले पराजित गरेको हो । खेलमा सुरुवाती अग्रता लिए पनि दोस्रो हाफमा कमजोर प्रदर्शन गर्दा बार्सिलोनामाथि आर्सनल हाबी बन्न पुग्यो । 

खेलको सातौं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । तर, १३औं मिनेटमा बुकायो साकाको गोलसँगै आर्सनल खेलमा फर्कियो ।

३४औं मिनेटमा राफिन्हाले बार्सिलोनालाई पुनः २-१ मा अघि बढाए । तर, ४३औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै आर्सनललाई बराबरीमा फर्काएपछि  लिआन्द्रो ट्रोसार्डले ५५औं मिनेटमा र ७८औं मिनेटमा गोल गर्दै ४-२ को स्थितीमा ल्याए । 

त्यसपछि ८८औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गरेपनि त्यसको एक मिनेटमै आर्सनलका फाबिओ भिएराले गोल गर्दै ५-३ को जित दर्ता गराए । 

बार्सिलोनाले अब प्रि-सिजनमा रियल म्याड्रिड, एसी मिलान र टोटेनहमसँग खेल्नेछ ।

Logo