बिहीबार सेयर बजार घट्याे

बिहीबार सेयर बजार घट्याे


बिहीबार नेप्से सूचक २९.७१ विन्दुले घटेर २१२६.४८ अंकमा आएको छ । करिब २ अर्ब ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

गभर्नर महाप्रसाद अधिकारीको मौद्रिक नीतिपछिको पत्रकार सम्मेलनले सेयर लगानीकर्ता थप निरुत्साहित भएको पाइएको छ । मौद्रिक नीति जारी भएपछि सेयर बजारले सकारात्मक गति लिनै सकेन । 

केन्द्रीय बैंक सेयर बजारप्रति सकारात्मक हुन नसकेको सामाजिक सञ्जालहरुमा लगानीकर्ताले आरोप लगाइरहेका छन् । यस्तै, मौद्रिक नीतिमा नखुलेको कुरालाई गभर्नरले पत्रकार सम्मेलनमा बोलेको उनीहरुको आरोप छ । सोही बोलीका कारण लगानीकर्ताको मनोबल गिरेको सञ्जालहरुमा आरोप लगाइएको छ । 

यस दिन २७१ कम्पनीको ६२ लाख ७१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड ५७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्सुरेन्स र प्रोग्रेसिभ फाइनान्स परेका छन् ।

Logo