प्रधानमन्त्री प्रचण्डद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

प्रधानमन्त्री प्रचण्डद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’ को अवलोकन गरेका छन् । 

इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचीपूर्वक जिज्ञाशा पनि राखेका थिए ।  

सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । 

प्रधानमन्त्री प्रचण्डले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरेका थिए । उनले रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरेका थिए । 

उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । सो रङ्गशालामा विशेष गरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरु हुने अधिकारीहरुले जानकारी दिएका थिए ।

Logo