नेपाली बजारमा भित्रियाे क्यासपरस्कीका तीन नयाँ सेक्युरिटी उत्पादन

नेपाली बजारमा भित्रियाे क्यासपरस्कीका तीन नयाँ सेक्युरिटी उत्पादन


विगत २८ वर्षदेखि विभिन्न साइबर सुरक्षा समाधानहरु प्रदान गर्दै आएको सागर ग्रुपले क्यास्परस्की ल्याबका नयाँ उत्पादन भित्र्याएको छ । 

बिहीबार काठमाडौंको लैनचौरस्थित द मल्ल होटलमा एक कार्यक्रम गर्दै क्यासपरस्कीको नेपालस्थित आधिकारिक वितरक सागर ग्रुपले क्यासपरस्की स्ट्यान्डर्ड, क्यासपरस्की प्लस र क्यासपरस्की प्रिमियम सेक्युरिटी गरी तीनवटा उत्पादनहरू भित्र्याएको हो ।

यी सेक्युरिटी प्रडक्टमा विन्डोज, म्याक, आईओएस, एन्ड्रोइडजस्ता डिभाइसहरूको सुरक्षाका लागि विशेष फिचर रहेको कम्पनीको दाबी छ । क्यासपरस्की स्ट्यान्डर्डमा डिजिटल थ्रेटविरुद्ध रियल टाइम सेक्युरिटी (वास्तविक समयमै सुरक्षा सुविधा) सुरक्षित ब्राउजिङ, एन्टी–फिशिङ क्षमता, फायरवाल, पर्फर्मेन्स टुलहरू, वेबक्याम तथा माइक प्रोटेक्सन लगायतका विशेषता छन् ।

साथै क्यासपरस्की प्लसमा स्ट्यान्डर्ड संस्करणमा भएका फिचरसहित थप सुविधा भएको कम्पनीले जनाएको छ । यसमा थप गोपनीयता क्षमताहरू, परिष्कृत अनलाइन गोपनीयताको लागि अनलिमिटेड भीपीएन, प्रिमियम पासवर्ड म्यानेजर, डेटा चुहावट जाँच (डेटा लिक चेकिङ) लगायतका सुविधा छन् ।

यस्तै, क्यास्परस्की स्ट्यान्डर्ड र प्लस प्लानका सबै सुविधाका साथमा डिजिटल पहिचान सुरक्षा र प्रिमियम टेक्निकल सपोर्ट भएका प्रिमियम सब्सक्रिप्सनमा आधारित प्लान भएको कम्पनीले जनाएको छ ।

साइबर सेक्युरिटी सोलुसन्सले डिजिटल सुरक्षामा बलियो आधार तयार पारी प्रयोगकर्ताहरूलाई सुरक्षा प्रदान गर्नेमा क्यास्परस्की र सागर ग्रुप विश्वस्त छन् ।

Logo