रिद्धि सिद्धि सिमेन्टले मकवानपुरका विद्यार्थीलाई छात्रवृत्ति दिने

रिद्धि सिद्धि सिमेन्टले मकवानपुरका विद्यार्थीलाई छात्रवृत्ति दिने


रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ।

यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परीक्षा दिएका र २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तिर्ण भएका मकवानपुर जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी उक्त एसईई परीक्षामा ३.६ जीपीएदेखि ४ जीपीए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा पाँच हजार, दोस्रो हुनेलाई तीन हजार पाँच सय, तेस्रो हुनेलाई दुई हजार पाँच सय र सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा एक हजार पाँच सय कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ।

यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट वा फेसबुक पेजमा गइ उल्लेखित क्युआर कोडमा स्कान गरी फारम भनुपर्ने कम्पनीले जनाएको छ । आवेदकको फारम बुझाउने अन्तिम मिति श्रावण २१ गते तोकिएको छ ।

Logo