कृष्ण मन्दिर पूजा गर्न पाटन पुगे राष्ट्रपति पौडेल

कृष्ण मन्दिर पूजा गर्न पाटन पुगे राष्ट्रपति पौडेल


राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहानै ललितपुरको पाटन दरबार क्षेत्र अवलोकनका साथै कृष्ण मन्दिरको दर्शन गरेका छन्।राष्ट्रपति पौडेलले त्यसक्रममा सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन संग्राहालयको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ। 

राष्ट्रपति पौडेललाई त्यहाँ ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए। साथै,पाटन संग्राहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले जानकारी गराएका थिए।

पछिल्लो समय निरन्तर अस्वस्थ भएका राष्ट्रपति पौडेल लामो समय पछि शीतल निवास बाहिरको कार्यक्रममा निस्केका हुन्। पौडेलसँगै श्रीमती,छोरा र छोरी पनि साथै गएका थिए।

Logo