मल्लिका र अनुज ‘पियार’मा [भिडियो]

मल्लिका र अनुज ‘पियार’मा [भिडियो]


नेपाली सुगम संगीतका प्रतिभाशाली २ गायक, गायिका  निखिता थापा र  जनक ताम्राकारले एकसाथ ‘पियार’ बोलको सांगीतिक सौगात सार्वजनिक गरेका छन् ।  

पृथक स्वादको हृदयस्पर्शी यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङ फिचर्ड छन् । भिडियोमा श्रवानी र अर्नबको समेत अभिनय रहेको छ ।  उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।  

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।  भिडियोको निर्माता दिलु गुरुङ हुन् । 

भिडियो गायक ताम्राकारको युट्युव च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो । करिव ३ वर्ष अघि यो गीतको आर्टिस्ट भर्सन भिडियो सार्वजनिक भैसकेको छ ।  गायिका थापाले ‘उडायो हावाले’,  ‘रंग’  जस्ता सुपरहिट गीत ल्याइसकेकी छिन् । निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई माया गरिदिन सबैलाई आग्रह गरेको छ । 

 

Skip This
Logo