मुख्यमन्त्रीको रुपमा दैनिक काम कारवाही अघि बढाउन तयार छुः हिक्मत कार्की

मुख्यमन्त्रीको रुपमा दैनिक काम कारवाही अघि बढाउन तयार छुः हिक्मत कार्की


नेकपा एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतको आदेशलाई आधार मानेर आफू नै कामचलाउ मुख्यमन्त्री भएको दाबी गरेका छन् । 

बिहीबार  विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकारका दैनिक काम नरोकिउन भनेर अदालतले बाटो खोलेको कारण आफू मन्त्रालय जाने र नियमित कामकारवाहीलाई अगाडि बढाउने बताएका हुन् । 

उनले भने, ‘सर्वोच्च अदालतको आदेशमा सभामुखको हस्ताक्षरलाई आधार मानेर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने कार्य संविधानविपरीत भएकाले सो त्रुटी भएकै विन्दुबाट नयाँ मुख्यमन्त्री नियुक्त गर्न भनेको थियौं । केन्द्रीय गठबन्धनको गलत निष्कर्ष गलत निर्देशनका कारणले अहिले गठबन्धनले संविधान मिच्ने काम भएकाले सरकारका दैनिक काम नरोकिउन भनेर अदालतले बाटो खोलेको छ ।’

नेता कार्कीले कोशी प्रदेश संथागत विकासका निम्ति नेपालीसबै दलको सरकार गठन गर्न सकिने पनि बताए । उनले भने, ‘हामी यस विषयमा कुराकानी गर्छौं, सहमतिको वातावरण बनेमा मुख्यमन्त्री को हुने भन्ने कुरा मुख्य हुँदैन,यदि प्रदेशलाई संथागत गर्न सबै दलहरु मिलेर सरकार बन्छ भने एउटा राम्रो निष्कर्षको आधारमा हामी जान तयार छौं अहिले पनि हामी त्यसमा खुल्ला छौं ।’

Logo