सप्तकोशी क्याम्पसलाई ग्लोबल आइएमई बैंकको नगद सहयोग

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणको लागी ५ लाख सहयोग गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड ईटहरी शाखा प्रबन्धक मुकेश कुमार शाहले सोमबार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई पाँच लाखको चेक हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख निरौलाले क्याम्पसमा विद्यार्थीलाई संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी अध्यापन गराउने गरेको र ग्लोबल आइएमई बैंक लिमिटेडले क्याम्पस भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको विचार व्यक्त गरे ।

बराहक्षेत्र नगरपालिकाका मेयर खनालले बैंकले क्याम्पस भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, क्याम्पस ब्यवस्थापन समितिका पदाधिकारी, भवन निर्माण समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो ।

बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार