सन्दीपको उत्कृष्ट बलिङमा सर्रेको सानदार जित

सन्दीपको उत्कृष्ट बलिङमा सर्रेको सानदार जित


ग्लोबल टी-ट्वान्टी क्यानडामा नेपालका स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा सर्रे जगुआर्सले सानदार जित हात पारेको छ।चौँथो खेलमा दोस्रो जित दर्ता गरेको सर्रेले मिसिसागा प्यानथर्सलाई ५५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। सर्रेको जितमा सन्दीपले महत्वपुर्ण तीन विकेट लिएका थिए ।

सर्रेले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको प्यानथर्स १७ ओभरमा १ सय ९ रन बनाउँदा अलआउट भयो।प्यानथर्सका क्यामरन डेलपोर्टले सर्वाधिक ३३ रन बनाए । डेलपोर्ट १२ दशमलब ४ ओभरमा सन्दीपको बलमा प्रगत सिंहबाट क्याच आउट भएका थिए। 

अर्का घातक मानिएका जिम्स निसम पनि सन्दीपको बलमा आउट भएका थिए।सन्दीपले १३ औं ओभरको चौथो र अन्तिम बलमा विकेट लिएका थिए। सन्दीपको २ विकेटसँगै सर्रेले खेल पुर्ण रुपमा आफ्नो नियन्त्रणमा राखेको थियो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सर्रेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।सर्रेका लागि जतिन्दर सिंहले ४५ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेलेका थिए। 

चौँथो खेलमा दोस्रो जित हात पारेको जगुआर्स ५ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ।पहिलो खेलमा सर्रे मोन्ट्रियल टाईगर्ससँग पराजित भएको थियो। 

Logo