#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व125446468184926736259544
नेपाल9081

‘तिमी’ शब्दसँग प्रधानमन्त्रीकाे आक्रोशदेखि ‘आप’काे जितसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका प्रमुख समाचार मध्ये भारतको नयाँ दिल्लीमा क्षेत्रिय दल आम आद्मी पार्टीले सनसनी मच्चाएको छ । यो समाचार तयार पार्दासम्म आम आद्मी पार्टीले ७० सिटमध्ये ६० सिटमा अग्रता हासिल गरेको छ ।

प्रतिनिधि सभाको बैठक मंगलबारदेखि संचालन भएको छ । कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयको विरोधमा गर्दै आएको सदन अवरोध स्थगित गरेपछि बैठक संचालन भएको हो । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दा राजनीतिक पुर्वाग्रहबाट प्रेरित भएको भन्दै कांग्रेसले संसदको बैठक ३ पटकसम्म अवरोध गरेको थियो ।

पछिल्लो ४ वर्षमा प्रहरीले गरेको ६ वटा ‘इन्काउटर’ मा परी ५ जनाको ज्यान गयो । इन्काउन्टरमा गुण्डा नाइकेहरु दिनेश अधिकारी चरी, कुमार घैँटे, मनोज पुन, सोम घले र लागुऔषध दुव्र्यसनी प्रविण खत्रीको ज्यान गयो । २०७१ साल साउन २१ गते प्रहरीले काठमाडौंको भीमढुङ्गामा गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई इन्काउन्टर गर्याे । त्यहीबेला प्रहरीको मस्टवान्टेड सूचिमा रहेका गुन्डा नाइके रमेश बाहुनलाई १० वर्ष जेल र ७५ हजार रुपैंया जरिवाना तोकिएको छ ।

के तपाई कुनै सामान वा सेवाको मूल्य भ्याटसहित तिर्दै हुनुहुन्छ ? यदि त्यसो हो भने अब तपाईलाई सरकारले १० प्रतिशत रकम फिर्ता गर्ने भएको छ । तर, त्यसका लागि तपाईले भ्याट रकम विद्युतीय उपकरणका माध्यमबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले आदरार्थी शब्द समाजबाटै हटाउने सुनियोजित प्रयास गरेको आरोप लगाएका छन् । यस अघि तीन पटक यसै सम्बन्धमा सार्वजनिक रुपमा बोलिसकेका प्रधानमन्त्री ओली खासगरी सञ्चारमाध्यमले सवैलाई समानताको हिसावमा प्रयोग गर्ने ‘तिमी’ शब्दसँग आक्रोशित छन् ।

सम्बन्धित समाचारहरु