#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व608915636869630229012697559
नेपाल140161176219

अर्बुदरोगबाट चितवनमा कैदीको मृत्यु

सांकेतिक तस्बिर ।

चितवन ।

चितवन जिल्ला कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । मानव तस्कर मुद्दामा कैद भोग्दै आएका भारत, सिद्धार्थनगरका ६२ वर्षीय जफर अहमदको क्यान्सरका कारण मृत्यु भएको हो ।

कारागार प्रमुख कमलप्रसाद काफ्लेका अनुसार उनको गए राति मृत्यु भएको हो । मानव तस्कर मुद्दामा उनलाई अदालतले १० वर्ष कैद सजाय र ५० हजार जरिवाना तोकेको थियो । विसं २०७३ साउन १५ गते पक्राउ परेका जफरलाई क्यान्सरको उपचारका लागि कात्तिक ९ गते भरतपुर कारागारमा ल्याएको काफ्लेले जानकारी दिए ।

क्यान्सर अस्पताल नजिकै भएको हुँदा अन्य जिल्लाबाट समेत क्यान्सर लागेका कैदीबन्दीलाई जिल्ला कारागार भरतपुरमा ल्याइने गरेको काफ्लेले बताए ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार