बीएमडब्लूको कन्सेप्टमा टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर आउँदै

बीएमडब्लूको कन्सेप्टमा टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर आउँदै


भारतीय अटो ब्राण्ड टीभीएसले बीएमडब्लूको सीई-०२ कन्सेप्टमा आधारित इलेक्ट्रीक स्कुटर उत्पादन गर्ने भएको छ । कम्पनीले सीई-०२ को उत्पादन र बिक्रीवितरण बीएमडब्लू र टीभीएस दुवै ब्राण्डबाट गर्ने तयारी गरेकाे हो ।

बीएमडब्लूले केही समय अगाडि मात्र देखाएको यो स्कुटरको उत्पादन मोडलमा १५ हर्षपावरको मोटर र यसको टप स्पीड ९५ किलोमिटर प्रतिघन्टा हुनेछ । यसलाई सिंगल चार्जमा ९० किलोमिटरसम्म चलाउन सकिने छ ।

टीभीएस र बीएमडब्लूको साझेदारीमा आउने यो दोस्रो प्लेटफर्म हो । पहिलो प्लेटफर्म इन्टरनल कम्बस्चनमा आधारित थियो भने नयाँ प्लेटफर्म ईभीको लागि डेडिकेटेड हो । कम्पनीले केहीदिनमा यसबारे घोषणा गर्नसक्ने अनुमान गरिएकाे छ । 

Logo