बजारमा रुचाईएको शैलुङको आलु लिन व्यवसायी किसानको बारीमा

बजारमा रुचाईएको शैलुङको आलु लिन व्यवसायी किसानको बारीमा


बजारमा रुचाईएको रामेछापको उच्च हिमाली क्षेत्र  शैलुङको आलु लिन अहिले व्यवसायीहरु ट्रक लिएर बारीमा नै पुग्न थालेका छन्। शैलुङको आलुको माग बढ्न थालेपछि व्यवसायी आलु लिन किसानको बारीमा नै पुगेका हुन्।  

शैलुङका किसानले उत्पादन गरेको आलु बजारमा पठाएका छन्। रामेछापको दोरम्बा गाउँपालिकाको दोरम्बा,डडुवा,गौश्वारा लगायत शैलुङ आसपासमा लगाएको आलु असार १५ देखिनै किसानले खन्न थालेका हुन्। 

किसानले बारीमा लगाएको आलु लगभग खनिसकेका र खनेको आलु बजारमा पठाउन सुरु गरेका स्थानीय अगुवा कृषक दावासङ्बु शेर्पाले बताए। अहिले आलु खरिदको लागि ब्यवसायीहरु किसानका बारीमा नै ट्रक लिएर पुग्ने गरेका उनको भनाइ छ।

शैलुङ क्षेत्रमा बार्षिक झण्डै १ करोड मेट्रिकटन आलु उत्पादन हुने गर्दछ। शैलुङमा उत्पादिन आलु काठमाडौँ लगायतका शहर र तराईका जिल्लामा समेत पुग्दछ। यहाँ उत्पादित आलु पोषिलो र स्वादिलो हुने भएकोले बजारमा उच्च माग रहेको आलु व्यवसायी बताउँछन्। 

विगमतमा यातायात साधन नहुँदा शैलुङका किसानले आलु बेच्न डोकोमा नै बोकेर सिन्धुपाल्चोकको मुढेबजारसम्म पुर्‍याउथे। त्यसैले शैलुङको आलु पनि मुढेको आलुको नामले बजारमा बिक्रि हुन्थ्यो। अहिले व्यापारीहरु शैलुङमा नै पुगेर आलु खरिद गर्न लागेपछि काठमाडौंको बजारमा शैलुङकै आलुको नाममा यहाँको आलु बिक्रि हुन लागेको शेर्पाको भनाइ छ।

शैलुङमा परम्परागत रुपमा गरिँदै आएको आलु खेती अहिले थप व्यवसायिक बनेको छ। ४५ वर्षदेखि शैलुङमा लगाईँदै आएको आलुको बिऊ परिवर्तन भएको छ। बिउ आलु श्रोत केन्द्र स्थापना गरी नयाँ ल्याबमा टिस्यू कल्चर प्रविधिबाट तयार भएका इनभिट्रो प्लान्टबाट नयाँ पीबीएस दाना उत्पादन गरी रोजिटा जातको नयाँ पुस्ताको आलु बिउ शैलुङमा नै उत्पादन गरी किसानलाई उपलब्ध गराइएको छ। जसले गर्दा आलु उत्पादनमा वृद्धि भएको छ।

मसला बाली विकास केन्द्र पाँचखाल तथा कृषि ज्ञान केन्द्र रामेछापले सहयोग आलु बिउ उत्पादनको संरचना तयार भएको हो। पीबीएस इन–भिट्रो प्लान्टस सहितको प्राविधिक सहयोग आलु बाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकले गरेको छ।

Logo