होटेल भियनामा छापा, नेपाली मूलका बेल्जियमका नागरिक पक्राउ

होटेल भियनामा छापा, नेपाली मूलका बेल्जियमका नागरिक पक्राउ


एक क्विन्टल सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटेल भियनामा छापा मारेको छ।

विभागको टोलीले आइतबार बिहान भियनामा छापा मारेर केही कागजात र सामग्रीहरू बरामद गर्नुका साथै एक जना नेपाल मूलका बेल्जियमका  नागरिकलाई पक्राउ गरेको एक अधिकारीले बताएका छन् ।

विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिई सकेको अवस्थामा सिनामंगलबाट एक क्विन्टल सुन बरामद गरेको थियो। हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन् ।

Logo