मन्त्री किरातीले भने- ‘टुलुटुलु हेरेर बस्नु बाहेक केही गर्न सक्ने अवस्था छैन’

मन्त्री किरातीले भने- ‘टुलुटुलु हेरेर बस्नु बाहेक केही गर्न सक्ने अवस्था छैन’


संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू टुलुटुल हेरेर बस्नु बाहेक केही गर्न सक्ने अवस्थामा नरहेको बताएका छन्।

आइतबार ललितपुरमा आयोजित वर्तमान परिस्थितमा पर्यटनको समस्या र समाधान विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री किरातीले बजेटमा उल्लेख भइसकेपछि कमा र हलन्त पनि फेर्न नपाइने रहेछ। कि अब संविधान संशोधन गर्नुपर्यो या राजीनामा दिनुपर्यो भन्दै उनले यी दुई बाहेक अन्य विकल्प नभएको बताएका हुन्। 

उनले भने, ‘मलाई के हेरेर बसेको छस् भनेर सोध्छन्, म टुलुटुलु हेरेर बस्नु बाहेक केही गर्न नसक्ने अवस्थामा पुगे, कही नभएको जात्रा हाँडीगाउँमा भने जस्तो बजेट पेश भएपछि कमापनि फेर्न पाइदैन, सरकार ढल्ने रहेछ, अनि टुलुटुलु हेरेर बस्नु बाहेक के गर्नु।’

मन्त्री किरातीले नेपालमा सरकारी संयन्त्रको काम गराई निकै झन्झटिलो भएको बताउँदै कुनै पनि काम गर्न ज्यादै घुमाउरो प्रक्रिया पूरा गर्नु पर्ने दुखेसो पोखे। उनले भने,‘वुद्ध जयन्तीको अवसर पारेर मैले लुम्बिनीमा सात दिनको लागि फ्रि भिसा लागू गरौँ भनेर मैले क्याविनेटमा लगे सबैको प्रायजसो सकारात्मक थियो प्रधानमन्त्री पनि, तर पनि फेल भयो । किन भने हाम्रो अर्थमन्त्रालय कति डलर आउँछ भिसाबाट भनेर हिसाव गरेर बसेको रहेछ। कतिहजार आएर त्यस्ले पर्यटनको क्षेत्रमा ठूलो योगदान गर्ने भन्ने हामी बुझ्नै सकिरहेका छैनौँ । हाम्रो सोच जमाना अनुसारको छैन। जहाजमा भ्याट लाग्यो तर अनलाईनबाट टिकट काट्छ भन्ने त्यो लेख्नेलाई थाहै छैन।’ 

मन्त्री किरातीले पर्यटन र संस्कृति नीतिमा नै परिवर्तन गर्नुपर्ने र सबै सरोकारवालाहरुको पक्ष त्यहाँ हुनुपर्ने बताए। यद्धपि यो पुस्ताले निराश नबनि अघि बढे केही गर्न सकिने सम्भावना भने रहेको उनको भनाइ थियो। 

Skip This
Logo