सोफीको ह्याट्रिकमा फिलिपिन्सको पोष्टमा नर्वेको ६ गोल

सोफीको ह्याट्रिकमा फिलिपिन्सको पोष्टमा नर्वेको ६ गोल


सोफी रोमन हगको ह्याट्रिकमा नर्वेले जारी फिफा महिला विश्वकप फुटबलको समूहचरणमा पहिलो जित निकालेको छ । आइतबार इडेन पार्कमा भएको खेलमा नर्वेले फिलिपिन्समाथि ६-० को सानदार जित दर्ता गरेको हो । 

खेलको पहिलो आफमा ३ गोल व्यहोरेको फिलिपिन्सले दोस्रो हाफमा १० खेलाडीमा समेटिँदा थप ३ गोल पनि खान पुगेको थियो । नर्वेको जितमा सोफी रोमन हगले ह्याट्रिक गोल गरिन् भने क्यारोलिन ग्राहम ह्यान्सन र गुरो सवारीले समान एकएक गोल गरे । त्यस्तै, फिलिपिन्सकी एलिसिया बार्करले एक आत्मघाती गोल गर्दा नर्वेले उपहार पाएको थियो । 

जारी विश्वकपमा पहिलो जित निकालेको समूह ए को नर्वे ३ खेलमा ४ अंकसहित तालिकामा दोस्रो स्थानमा छ । नर्वे पहिलो खेलमा आयोजक न्युजिल्याण्डसँग पराजित भएको थियो भने स्विजरल्याण्डसँग बराबरी खेलेको थियो । 

Logo