मंगलबार संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउँछौँः प्रधानमन्त्री दाहाल

मंगलबार संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउँछौँः प्रधानमन्त्री दाहाल


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउने बताएका छन् । 

आईतबार काठमाडौंमा आयोजित समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा प्रधानमन्त्री दाहालले आगामी मन्त्रिपरिषद् बाटै ऐन पारित गरेर पठाउने बताए । उक्त ऐनले शिक्षा क्षेत्रको धेरै कुराहरुलाई सकारात्मक परिवर्तन दिने तागत राख्ने उनको ठोकुवा छ ।  

उनले भने, ‘आज प्रधानमन्त्रीको हैसियतले भन्न चाहन्छु, पर्सी मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पहिलोपटक संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउँदैछौं ।’

प्रधानमन्त्री दाहालले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयालाई जनताको मौलिक अधिकारको रुपमा लिपिवद्ध गरिनु आफैंमा ठूलो भएको बताएका छन् । तर त्योसँग सम्बन्धित ऐन कानुन नबन्दा अहिलेसम्म शिक्षाको क्षेत्रमा परम्पराभन्दा धेरै फरक केही हुन नसकेको उनको भनाई छ ।

Skip This
Logo