को हुन् नवनियुक्त आइजिपी ज्ञवाली ? (भिडियो रिपोर्ट)

काठमाडौँ  । नवनियुक्त प्रहरी महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीले बुधबार अपरान्ह पदभार ग्रहण गरेका छन् । मन्त्रीपरिषद्को बैठकबाट मंगलबार प्रहरी महानिरिक्षकमा नियुक्त भएका ज्ञवालीले प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गर्नुअघि गृहसचिवबाट महानिरिक्षकको दर्ज्यानी चिन्ह प्राप्त गरेका थिए ।

बुधबार विहान गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई आईजीपीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । दर्ज्यानी चिन्ह प्राप्त गरेपछि ज्ञवालीले सोझै काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर पदभार ग्रहण गरे ।

यसअघि प्रहरी महानिरिक्षक रहेका सवेन्द्र खनालले ३० बर्षे सेवा अवधिका कारण मंगलबार अवकास लिएका थिए । खनालको सेवा अवधि मंगलबार पुरा हुने भएपछि सरकारले मंगलबार नै प्रदेश १ का प्रहरी प्रमुखको भुमिका निर्वाह गरिरहेका प्रहरी नायब महानिरिक्षक ज्ञवालीलाई प्रहरी महानिरिक्षकमा बढुवा गरेको हो । यससँगै ज्ञवाली नेपाल प्रहरीको २७ औं महानिरीक्षक बनेका छन् ।

को हुन् त नवनियुक्त आइजिपी ज्ञवाली ? पदभार सम्हाल्दै उनले के कस्तो प्रतिबद्ता जनाएका छन् ? प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो सामाग्री:

 

सम्बन्धित समाचारहरु

ताजा समाचार