#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18446766697222607182111677723
नेपाल2075057573214961

छक्कापञ्जा २ ले एकसातामै ५ करोड कमायो

काठमाडौं,२०, असोज
दसैंको फूलपातीदेखि हलमा भित्रिएको नेपाली फिल्म ‘छक्कापञ्जा २’ ले एकसातामै पाँचकरोड कमाइ गरेको निर्माण पक्षले दाबी गरेको छ । फुलपातीको दिन पहिलो दिनमै फिल्मले १ करोड ६३ लाख रुपैयाँको कमाइ गरी एक दिनको सर्वाधिक कमाइमा कीर्तिमान कायम गरेको निर्माता तथा निर्देशक दीपाश्री निरौलाले बताइन् । उनले वितरकको हवाला दिँदै कुनै पनि नेपाली फिल्मले यसअघि यति कमाइ नगरेको दाबी गरिन् ।

रिलिजको पहिलो दिन राजधानीमा फिल्मले झन्डै एक करोड व्यापार गर्न सफल भयो । मोफसलका हलबाट उसले झन्डै ६५ लाखको व्यापार गरेको थियो । दोस्रो दिन एक करोड ४५ लाखको कलेक्सन गरेको फिल्मले तेस्रो दिन पनि त्यही हाराहारीमा व्यापार गरेको थियो।
नागरिकबाट

सम्बन्धित समाचारहरु