काठमाडौँमा खुला फुटसल प्रतियोगिता हुँदै

काठमाडौँमा खुला फुटसल प्रतियोगिता हुँदै


काठमाडौँमा खुला फुटसल प्रतियोगिता हुने भएको छ। हिमालयन फुटबल क्लबको आयोजनामा साउन १८ र १९ गते प्रतियोगिता हुन लागेको हो। 

प्रतियोगितामा देशभरका जुनकुनै समूहले पनि सहभागिता जनाउन सक्नेछन्। हाल सहभागी समूहको दर्ता प्रक्रिया चलिरहेको छ। खेलमा सहभागी हुन ७ हजार ७ सय ७७ रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएका छन्। भेन्यु पार्टनर भाटभटेनी हेल्थ क्लबमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँनगद पुरस्कारको व्यवस्था गरिएको छ भने दोस्रोले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकहरूले जनाएका छन्। त्यस्तै,फेयर प्ले टिमलाई ११ हजार १ सय ११ रुपैयाँ र उत्कृष्ट प्लेयर र गोल रक्षकलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार तोकिएको छ ।

Logo