नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान तयार, बालुवाटारमा जुट्याे यस्तो सहमति

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान तयार, बालुवाटारमा जुट्याे यस्तो सहमति


नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नागरिक उन्मुक्ति सरकारमा सहभागी हुन तयार भएको हो ।

प्रदेश सरकार विस्तार बिहीबार हुनेछ ।

बैठकमा नागरिक उन्मुक्तिले १ मन्त्री, १ राज्यमन्त्री र २ समितिको सभापति पाउने सहमति भएको नागरिक उन्मुक्ति अध्यक्षसमेत रहेक‍ी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले जानकारी दिइन् । बुधबार बस्ने नागरिक उन्मुक्तिको संसदीय दलको बैठकले सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने उनले जानकारी दिइन् ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सुदूरपश्चिमका मुख्यमन्त्री श्री कमलबहादुर शाह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष चौधरी, संरक्षक रेशम चौधरी, प्रदेश आर्थिक मामिला मन्त्री नरेशबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी सहभागी सहभागी थिए ।

Logo