काठमाडौं र ललितपुरमा धारिलाे हतियार प्रहारबाट दुईजनाकाे हत्या, आराेपी पक्राउ

काठमाडौं र ललितपुरमा धारिलाे हतियार प्रहारबाट दुईजनाकाे हत्या, आराेपी पक्राउ


काठमाडौंकाे बुढानिलकण्ठ नगरपालिका-४ भसन्थली बस्ने सप्तरी घर भएकी ३८ वर्षीया अनिता चौधरीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । 

सोही नगरपालिका-४ बस्ने ५२ वर्षीय गौरा सिंह बोहराले आइतबार राति धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा  मृत्यु भएको हो । कुटपिट भएको जानकारी हुनासाथ प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले अभियुक्त बोहरालाई पक्राउ गरेको छ ।

उता, ललितपुरकाे ललितपुर महानगरपालिका-९ बालकुमारी बस्ने सर्लाही घर भएका ५३ वर्षीय ज्ञान बहादुर भन्ने हिम परियारको कुटपिटबाट मृत्यु भएको छ । सोही महानगरपालिका-९ बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शंखर तामाङले सामान्य बिवादका कारण सोमबार कुटपिट गर्दा गम्भीर घाइते भएका परियारको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो । 

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले अभियुक्त तामाङलाई पक्राउ गरेको छ । 

Logo