लिभरपुलका नयाँ कप्तानमा भान डाइक

लिभरपुलका नयाँ कप्तानमा भान डाइक


लिभरपुलले भर्जिल भान डाइकलाई क्लबको नयाँ कप्तान बनाएको छ। ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डलाई उप कप्तानको नयाँ जिम्मेवारी दिएको छ। जोर्डन हेन्डरसन र जेम्स मिल्नरले क्लब छाडेपछि लिभरपुलले नयाँ सिजनका लागि कप्तान छनोट गरेको हो। 

सन् २०१५ मा स्टेभन जेरार्डले क्लब छाडेपछि हेन्डरसनले ८ वर्ष लिभरपुलको कप्तानी सम्हालेका थिए। उनी साउदी प्रो लिग अल इतिफाकमा आबद्ध भएपछि क्लबले नयाँ कप्तान छनोट गरेको हो। साउदी क्लबमा हेन्डरसन लिभरपुलका पूर्व खेलाडी स्टेभन जेरार्डलाई प्रशिक्षकको रुपमा अपनाउनेछन्।

मिल्नर समेत ब्राइटन लागेका छन्, लिभरपुलसँगको सम्झौता सकिएपछि सोही कारण एनफिल्डको उप–कप्तान पद समेत खाली थियो। क्लबको एकेडेमीबाट आएका अर्नोल्डलाई लिभरपुलले उप-कप्तान बनाएको छ।

भाइ डाइक सन् २०१८ मा लिभरपुलमा आएका थिए। उनले २ सय खेलमा क्लबको प्रतिनिधित्व गरेका छन्। उनले प्रिमियर लिग सहित च्याम्पियन्स लिग, एफ ए कप, कारबाओ कप, सुपर कप, क्लब विश्वकप र कम्युनिटी सिल्डको उपाधि क्लबका लागि जितेका छन्।

लिभरपुलका मिडफिल्डर फाबिन्हो समेत साउदी प्रो लिगमा ४० मिलियन पाउण्डमा अल इतिहादमा अनुबन्धित भएका छन्। ब्राजिलका अन्तराष्ट्रिय खेलाडीले क्लबसँग तीन वर्षको सम्झौता गरेका छन्।

हेन्डर अल इतिफाक लागेपछि लिभरपुल छाडेर साउदी अरेबिया पुग्ने फाबिन्हो दोस्रो सिनियर मिडफिल्डर हुन्। फाबिन्हाले समेत क्लबका लागि २ सय खेलमा सहभागीता जनाएका छन् । उनी सन् २०१९ मा मोनाकोबाट लिभरपुल आएका थिए।

Logo