भीमदत्तको स्मृतिमा नवल खड्कालाई सम्मान

भीमदत्तको स्मृतिमा नवल खड्कालाई सम्मान


अखिल नेपाल किसान महासंघ क्रान्तीकारी केन्द्रले नायक तथा निर्माता नवल खड्कालाई सम्मान गरेको छ। 

बुधबार ३१औँ किसान सहिद दिवस तथा ७०औँ भीमदत्त पन्त स्मृति दिवसको सन्दर्भमा काठमाडौँमा आयोजित एक कार्यक्रमा उनलाई सम्मान गरिएको हो।महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठ, माओवादी केन्द्रका केन्द्रीय सदस्य सुनिल कुमार मानन्धरले सम्मान गरेका हुन्। 

सम्मान कार्यक्रममा महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सहिदहरुको सपनालाई बाँचेकाहरुले पुरा गर्नु पर्ने बताए।‘महान सहिदहरुले देखेको सपनालाई हामी बाँचेकाहरुले हाम्रो शरिरमा एक थोपा रगत भएसम्म ती संकल्प पुरा गर्नको लागि हामी निरन्त रुपमा अगाडी बढीरहने छौँ।’

उनले महासंघको केन्द्रीय सचिवालयको प्रथम विस्तारित बैठकले किसान संगठनहरूको बीचमा हुनसक्ने एकता. ध्रुवीकरण र संगठन परिचालनबारे छलफल गरेको बताए।अहिलेको विशिष्ट आवश्यकताहरू पूरा गर्दै संगठनलाई तीव्रताका साथ परिचालन गर्न विधानमा व्यवस्था गरिएको केन्द्रीय समितिको सदस्य संख्या २५१ लाई ३२५ हुने गरी थप गर्ने निर्णय गरेको समेत उनको भनाई छ।  

Logo