एसियाडको तयारीः महिला भलिबललाई एसियाको प्रमुख आठभित्र राख्ने लक्ष्य

एसियाडको तयारीः महिला भलिबललाई एसियाको प्रमुख आठभित्र राख्ने लक्ष्य


आगामीअसोज ६ देखि असोज २१ गतेसम्म चीनको हाङझाओमा हुने १९औं एसियाली खेलकुदका लागि नेपाली महिला भलिबल टोली प्रशिक्षणमा व्यस्त छ । पहिलोपटक एसियाली खेलकुदमा उत्रने मौका पाएको नेपाली महिला भलिबल टोलीले यसलाई महत्वपूर्ण अवसरको रुपमा लिएको छ । 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा अहिले राष्ट्रिय महिला भलिबल टोली कठोर प्रशिक्षणमा व्यस्त छ । दिउँसो समेत प्रशिक्षण लिइरहेको नेपाली टोलीले यसपटक हाङझाओ एसियाडमा एसियाको दिग्गज टोलीहरु दक्षिण कोरिया र भियतनामसँग खेल्दैछ । दक्षिण कोरिया विश्व भलिबलका कहलिएको टोली हो । यसपटक पहिलो सहभागितामा राम्रो छाप छोड्ने प्रयासमा रहेको नेपाली टोलीले नतिजा होइन प्रदर्शन र वरियताको सुधारमा बढी केन्द्रित छ । 
 
प्रशिक्षक जगदीश भट्टले एसियाली खेलकुदको नेपालको राष्ट्रिय महिला भलिबल टोलीका लागि राम्रो अवसर बनेको बताए । उनले राष्ट्रिय खेलकुद परिषद् राखेप र नेपाल भलिबल संघ पनि महिला टोलीको प्रशिक्षणलाई थप व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन प्रयासरत रहेको बताए । 

यस क्रममा महिला टोलीको वैदेशिक प्रशिक्षणका लागि पनि तयारी भइरहेको भट्टले बताए । 
 
नेपालको राष्ट्रिय खेल घोषित भएपछि भलिबलप्रतिको लगाव चुलिएको छ । सरकारदेखि जनतासम्मले यस खेलप्रति बढी अपनत्व देखाउन थालेका छन् । तर अझै पनि यस्को विकासमा हुनुपर्ने धेरै कार्यहरु हुन सकेको छैन् । नेपालको भूगोल सुहाँउदो र भौगोलिक दृष्टिकोणले पनि लोकप्रिय भलिबलका लागि भने भलिबल संघले बहुबर्षे योजना बनाउनआवश्यक देखिएको छ । 
 
प्रशिक्षक भट्ट नेपालको महिला भलिबललाई एसियाली स्तरमा प्रमुख आठ (टप एट) भित्र राख्ने गरी तयारी थालिएको बताउँछन । यसका लागि यसपटक एशियाडमा आधार खडा हुने विश्वास पनि उनको छ । 
 
हाङझओ एसियाडमा नेपाली टोली दक्षिण कोरिया र भियतनाम रहेको समूह सीमा छ । नेपाली टोलीमा रहेका खेलाडीमा कप्तान अरुणा शाही, सलिना श्रेष्ठ, सरस्वती चौधरी, प्रतिभा माली, जानकी भण्डारी, सफिया पुन, संगम महतो, कविता भट्ट, पुनम चन्द, कामना विष्ट, निरुता ठगुन्न र उषा भण्डारी रहेकी छिन् । 

Skip This
Logo