सरकारले सभामुखलाई दबाब दिएर सदन रोक्न लगाएको ओलीको दावी

सरकारले सभामुखलाई दबाब दिएर सदन रोक्न लगाएको ओलीको दावी


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले सभामुखलाई दबाब दिएर सदन रोकेको आरोप लगाएका छन् । 

बुधवार ललितपुरमा आयोजित तुल्सीलाल अमात्यको २१औं स्मृति दिवसको अवसरमा नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनका विगत वर्तमान र भविष्य विषयक विचार गोष्ठीमा ओलीले आफूहरुले सदन चलाउनुपर्छ भनेको दावी गरे । उनले सुन प्रकरणबारे आवाज उठाउँछन् भनेर सरकारले सभामुखलाई दबाब दिएर सूचना टाँस्न लगाएर सदन रोकिएको बताए। 

उनले भने, ‘सुन प्रकरणको संसदमाआवाज उठ्छ भनेरसंसद चल्नदिनुभएनकिनभने सांसद बोल्छन् भनेर ।हामीले संसद चलाउँभनेका छौं ।सांसद बोल्छ जनताको आवाज उठाउँछ । सरकार जनतालाई बोल्न दिँदैन् । सभामुखलाई दबाब दिन्छ तपाई सूचना टाँसेर राक्नुहोस् भनेर ।’

Logo