कोसीका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

कोसीका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले लिए शपथ


 कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष नवनियुक्त मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेपाली कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको ४७ सांसदकाे समर्थन पाएका थापा मङ्गलबार मुख्यमन्त्री नियुक्त भएका थिए । 

गत असार २१ गते कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका गरी ४६ प्रदेशसभा सदस्य र सभामुखको छुट्टै समर्थन लिएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, सरकार भंग गर्न माग गर्दै एमालेले हालेको रिटमा सर्वोच्च अदालतले सभामुखले समर्थन गरेर सरकार निर्माण गर्न नमिल्ने भन्दै थापा पदमुक्त भएको फैसला गरेको थियो । तर,  मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर थापा मुख्यमन्त्री भएका थिए ।

Logo