मदिराले लठठ महिलासँग बिबाद बढेपछि बिमान आकस्मिक अवतरण

मदिराले लठठ महिलासँग बिबाद बढेपछि बिमान आकस्मिक अवतरण


अमेरिकामा युनाइटेड एयरलाइन्सको विमानमा एक महिलाले हैरानी दिएपछि उनलाई अस्थायी रूपमा उडान गर्न प्रतिबन्ध लगाइएको एउटा अचम्मको घटना बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार महिला यात्रुले फ्लाइट भित्र वाइनलाई लिएर हंगामा मच्चाइन् । यसको मार उसले बेहोर्नु परेको थियो ।

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार युनाइटेड एयरलाइन्सको विमान लस एन्जलसका लागि उडेको थियो तर बिचमा एक महिला यात्रुले हंगामा गर्न थालिन। महिलाले चालक दलका सदस्यसँग रक्सी मागेपछि मदिरालाई लिएर झगडा सुरु भएको थियो । जसमा चालक दलले महिलालाई आफ्नो सिटमा चुपचाप बस्न भने । यसबाट महिला यात्रु आक्रोशित भइन् र झगडा गर्न थालिन् र झडप बढ्दै गयो । स्थिति यति खराब भयो कि पाइलटहरू लस एन्जलसको लागि उडान डाइभर्ट गर्न बाध्य भए। उनले फिनिक्स शहरमा उडान अवतरण गरे। अवतरणपछि महिलालाई नियन्त्रणमा लिइएको थियो । विमानमा चढ्नुअघि महिला यात्रुले मदिरा सेवन गरेको चालक दलले दाबी गरेको छ ।

युनाइटेड एयरलाइन्सले घटनाको बारेमा आफ्नो आधिकारिक विज्ञप्तिमा भनेको छ कि जुलाई २५ मा महिला यात्रु ह्युस्टनबाट उडेको थियो। यस क्रममा उनी मादक पदार्थ सेवन गरिरहेकी थिइन् । साथै उनले चालक दलसँग थप रक्सी माग्दै थिइन् । जसमा फ्लाइट एटेन्डेन्टले उनलाई आफ्नो सिटमा बस्न भने । त्यसपछि महिलाले हंगामा गर्न थालिन् । बढ्दो विवाद देखेर लस एन्जलस जाने विमान फिनिक्समा नै अवतरण गर्नुपरेको थियो ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसका साथै विमानमा सवार यात्रुले यस घटनाको अनुभव पनि सेयर गरेका छन् । यसअघि पनि धेरै एयरलाइन्ससँग सम्बन्धित अनौठा घटनाहरू देखिएका छन् ।

Logo