बुफोनले लिए सन्यास

बुफोनले लिए सन्यास


इटालीका विश्व चर्चित गोल रक्षक जियानलुइगी बुफोनले खेल जीवनबाट सन्यास लिएका हुन् । ४५ वर्षको उमेर पुगेका बुफोनले सामाजिक सञ्जालमार्फत् अब आफू फुटबलमा नरहने  घोषणा गरेका हुन् ।

२८ वर्षको व्यावसायिक खेल अवधिमा उनले सन् २००६ देखि युभेन्ट्सबाट १० सिरी ए र पेरिस सेन्ट–जर्मेइनबाट एक लिग वान उपाधि जितेका छन् ।बुफोनले सन् १९९५ मा पर्माबाट व्यावसायिक खेल करिअर शुरु गरेका थिए ।

सन् २०१८ को विश्व कपमा छनोट हुन नसकेपछि बुफोनले त्यसबेला नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । सन् २००६ मा भएको विश्व कपमा फ्रान्सलाई टाइब्रेकरमा हराएर इटालीले उपाधि जित्दा उनी टोलीका सदस्य थिए ।

Logo