रुपन्देहीमा ट्राफिक उल्लंघन गर्ने ६४ हजारलाई कारबाही, घट्यो दुर्घटना

रुपन्देहीमा ट्राफिक उल्लंघन गर्ने ६४ हजारलाई कारबाही, घट्यो दुर्घटना


रुपन्देही लुम्बिनी प्रदेशकै सबैभन्दा बढी चहलपहल हुने जिल्ला हो । सडक संजालमा दैनिक रुपमा सवारीसाधनको चाप बढ्दै जादा दुर्घटना पनि बढ्दै गएकोमा आर्थिक वर्ष २०७९/०८० मा दुर्घटनाको संख्या केही कमि आएको छ । 

तर, सडक संजालहरु व्यवस्थित हुदै जादा तीव्र गतिका कारण दुर्घटनाहरु बढि हुने गरेका छन् ।   

दुर्घटना न्यूनिकरणका लागि विभिन्न अभियानहरु समेत चलाउदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले यातयात व्यवस्थापनलाई प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना, सचेत र अन द स्पट कारवाही गर्दाको असरले सवारी दुर्घटनाको तथ्याङकमा बदलाव आएको छ । 

आव २०७८/७९ मा १७२ वटा सवारी दुर्घटना हुदा ८४ जनाको मृत्यु भएको थियो भने १७१ जना गम्भिर घाइते भएका थिए, अहिले भने आर्थिक वर्ष २०७९/८० मा दुर्घटनामा कमि आएको छ । आर्थिक वर्ष भित्र १५१ वटा दुर्घटना हुदा ८३ जनाको ज्यान गएको छ धने ११५ जना गम्भिर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाउछ । 

जिल्लाको कार्यभार सम्हालेका प्रहरी निरिक्षक साकार राज पन्त आएदेखि दुर्घटना मात्रै होइन, कारावाहीबाट राजश्व समेत बृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९को माघ देखि असार सम्म ९३ वटा दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० को सो अवधिमा ३५ प्रतिशतले घटी ५९ वटा मात्रै दुर्घटना भएको छ । दुर्घटना बाट ११ दशमलव ४ प्रतिशतले मृत्युदर र गम्भिर घाइते हुनेको दर पनि घटेको छ । 

आर्थिक बर्ष २०७९/८० मा सवारी दुर्घटना २ सय २१ वटा सवारी साधान संलग्न भएकोमा अधिकांस तिव्र गतिका कारण दुर्घटना भएको छ । भएका दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर १ सय ३६ वटा, कार–जिप २८, ट्रयाक्टर १५, ट्रक १०, बस ८ र शारिरीक शक्तिले चल्ने १२ रहेको छ ।

रूपन्देहीमा भएका सवारी दुर्घटनाहरूमा धेरै चालकको लापरवाही र तिब्र गतिकै  कारण भएको अनुसन्धानले देखाएको छ । जिल्ला ट्रफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख पन्तका अनुसार ११० वटा दुर्घटना तिब्र गति, ३७ वटा चालकको लापरवाही र केही यात्रुको गल्ती, ओभरटेक, मापसे सेवन, ओभरलोडले भएका छन । ती दुर्घटनाहरु मध्ये साझ ६ बजे पछि धेरै दुर्घटना भएका छन भने केही विहान र दिउँसोमा भएका छन । 

पछिल्लोसमय सडकमा बढ्दो सवारी चाप, सिमित बाटो, क्षमता भन्दा बढी यात्रु बाक्ने, सडकको अवस्था मौसमको कारण, र हरेक वर्ष सवारी साधनको संख्या वृद्धि हुदैं जानुले दुर्घटना हुने गरेको छ । दुर्घटना तथा त्यसबाट हुने क्षति न्युनिकरणका लागि बिभिन्न कार्य गर्दै आए तापनि सडक सञ्जाल बिस्तार संगै ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ खाएर सवारी चलाउनु चालकको लापरबाही, तिब्र गति, ट्राफिक शिक्षा नअपनाउने जस्ता कारणले सवारी दुर्घटना बढी रहेको छ ।

तिव्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न स्पीड जाँच गर्ने लेजर गन मेसिन (राडर)सहित समय समय कारवाही हुँदै आएको छ । आर्थिक वर्ष २०७९/८० को पुगा सम्म ९ सय ६७ सवारीसाधनलाई कारवाही गरेर ४ लाख ८३ हजार त्यस्तै माघ देखि असार सम्म १४ सय ३६ सवारीसाधनलाई कारवाही गरेर ७ लाख १८ हजार गरी एक वर्षको अन्तरालमा १२ लाख बढि राजश्व तिव्र गति हाक्नेसँग गराइएको छ । 

जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले बिना लाइसेन्स सवारी साधन चलाए, क्षमताभन्दा बढी यात्रु बोके, यात्रुबाहकमा सामान ओसार पोसार गरे, बिना कागजात सवारी चलाए जरिवाना गर्ने व्यवस्था भए अनुरुप कारवाही पनि गर्दै आएको छ । नियमविपरीत चलेका सवारीसाधनमाथि जिल्लाका विभिन्न ठाँउमा नियमित र छडके जाँच गर्न थालेपछि आर्थिक वर्ष २०७९/८० मा हाल सम्मकै सबै भन्दा बढि राजश्व कारावाहीबाट असुल गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ५८ हजार दुई सय सवारीसाधनबाट ५ करोड ७३ लाख, आर्थिक वर्ष २०७८/७९मा ६५ हजार ९ सय ५० वटा सवारीसाधनलाई कारवाही गरेर ६ करोड ९१ लाख राजश्व उठाएको ट्राफिकले आर्थिक वर्ष २०७९/८० मा ६४ हजार २ सय ५० वटा सवारीसाधनका चालकबाट ७ करोड ६ लाख राजश्व असुल गरेको छ जुन हाल सम्मकै बढि रहेको प्रहरी निरिक्षक पन्तले जानकारी दिए । जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने अधिकांस सवारी मध्ये ट्रक, बस, मोटरसाइकल ,जिपकार र ट्याक्टरका चालक रहेका छन । 

आर्थिक वर्ष २०७८/७९ मा १ सय १४ वटा कार्यक्रम मार्फत ११ हजार बढिलाई जनचेतनामुलक कार्यक्रममा सहभागी गराइएको छ भने आर्थिक वर्ष २०७९/०८०मा ८ सय ४ वटा कार्यक्रम मार्फत १ लाख १५ जना बढिलाई ट्राफिक सचेतना गराइएको छ । 

Logo