एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगितः चार दिनपछि बस्ने

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगितः चार दिनपछि बस्ने


नेकपा एमालेले अवरुद्ध गरेपछि राष्ट्रिय सभाको बैठक चारदिन पछि बस्ने गरी स्थगित भएको छ । एमाले सांसदले सुन तस्करी प्रकरणमा छानविनका लागि उच्चस्तरीय समिति नबनाएसम्म बैठक चल्न चदिने बताएपछि बैठक यही साउन २२ गते बस्ने गरी स्थगित भएको हो । 

बिहीबार बसेको बैठकको सुरुमै सांसद भैरवसुन्दर श्रेष्ठले सुन प्रकरणबारे उच्चस्तरिय समिति नबनेसम्म बैठक चल्न नदिने पार्टीको निर्णय भएको बताएपछि एमालेका सबै सांसद उठेर बैठक अवरुद्ध गरेका थिए । सुन तस्करहरुलाई कारबाहीको दायरामा नल्याएसम्म एमाले टुलुटुलु हेरेर नबस्ने उनको भनाई छ । 

‘सुन प्रकरणले नागरिकहरुको शीर निहुराउने काम भएको छ । सरकार यसप्रति बेखबर नै छ । यसमा जो सुकै व्यक्तिको संलग्नता किन नहोस् ती व्यक्तिलाई कानूनको दायरामा ल्याउनु पर्छ । त्यसैले हामीले  उच्च स्तरीय छानविन समितिको माग गरेका थियौं । सरकार यसमा गम्भीर भएको छैन् र नयाँ नयाँ तथ्यहरु अहिले सार्वजनीक भईरहेका छन्।’ उनले भने । 

सभाध्यक्ष गणेश तिमिल्सिनाले बारम्बार बैठक अघि बढाउन दिन आग्रह गरेपनि एमाले सांसदले नमानेपछि बैठक स्थगित भएको हो । 

Logo