भन्सार जाँचमा कडाई गर्न अर्थमन्त्री महतको निर्देशन

भन्सार जाँचमा कडाई गर्न अर्थमन्त्री महतको निर्देशन


अर्थमन्त्री प्रकाशशरण महतले भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न निर्देशन दिएका छन् । 

विरगंज भन्सार कार्यालय पर्साको अनुगमनका क्रममा अर्थमन्त्री महतले भन्सार कडाईमा गम्भीर भएर लाग्नु पर्ने बताएका हुन् । उनले भने, ‘भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका छ । भन्सारभन्दा बाहिरबाट प्रवेश गर्ने सम्भावनालाई सुरक्षा निकाय गम्भीर भएर लाग्नुपर्छ ।’

मुलुकको लागि आर्थिक स्रोत जुटाउने दायित्व अर्थ मन्त्रालयको भएको भन्दै उनले त्यसमा सबैभन्दा ठुलो भूमिका भन्सार र राजस्वकै भएको जिकिर गरे । ‘स्रोत जुटाउने जिम्मेवारी अर्थ मन्त्रालयको हो र त्यसमा ८० प्रतिशतभन्दा बढि हामीले भन्सार र राजस्वबाट उठाउनु पर्छ । समग्र राजस्वको ४८ प्रतिशत भन्सारको योगदान छ र भन्सारको योगदानको ४० प्रतिशत विरजंगको दुईवटा कार्यालय मार्फत प्राप्त हुन्छ ।’  उनले भने ‘हामीले राजस्व प्राप्त गर्नको लागि सबैभन्दा ठूलो जिम्मेवारी दुईवटा कार्यालयलाई छ। वस्तु बजारमा आएको छैन भने ठिक छ तर आएर पनि राजस्व घट्यो भने हामीमाथि प्रश्न उठ्ने गर्छ ।’

Skip This
Logo