दिपाश्री भन्छिन् ‘यो तिजमा नजाने माइती’ [भिडियाे]

दिपाश्री भन्छिन् ‘यो तिजमा नजाने माइती’ [भिडियाे]


‘यो तिजमा नजाने माइती’ बोलको गीत सार्वजनिक भएको छ । 

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच गम्भिर विष्टको निर्देशन र मञ्जु थापाको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो । शम्भुजित बास्कोटाको संगितमा रहेको गीतको म्युजिक भिडियोमा दिपाश्री निरौला, रेजिना उप्रेती, निता ढुङ्गानालगायतका कलाकारको अभिनय रहेको छ । 

गीत सार्वजनिक समारोहमा नायिका निरौलाले आफूहरु यो गीत सार्वजनिक गरेर तिज बोलाएको बताइन् । ‘तीज भन्ने वित्तिकै निकै उत्साहीत हुन्छु । यो गीत सार्वजनिक गरेर हामीले तिजलाई बोलाएका हौं ।’ उनले भने । 

त्यसैगरी रेजीना उप्रेतीले उक्त गीतले मन छाएकै कारणआफू सहभागी भएको बताइन् । यो गीत म्युजिक नेपालले बजारमा ल्याएको हो । 

 

Logo