प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बसिरहेको हो । प्रधानन्यायाधिश हरिकृष्ण कार्कीको साउन २० गतेदेखि पदावधि सकिँदै छ । तर, संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गरेको छैन।

आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ। 

साथै बैठकले रिक्त रहेका संवैधानिक अंगमा सिफारिसलगायत विषयमा छलफल गर्नसक्ने बताइएको छ । महालेखा परीक्षक टंकमणि शर्माले ६ वर्षे कार्यकाल पूरा गरी जेठ ७ गतेदेखि अवकाश लिएपछि रिक्त छ। संविधान अनुसार महालेखा परीक्षकको पदावधि सकिन एक महिना बाँकी छँदै सिफारिस भइसक्नु पर्ने थियो।

Logo