भारतीय क्रिकेटर मनोज तिवारीद्वारा सन्यास घोषणा

भारतीय क्रिकेटर मनोज तिवारीद्वारा सन्यास घोषणा


भारतीय राष्ट्रिय टोलीका पूर्व सदस्य मनोज तिवारीले सबै फम्र्याटको क्रिकेटबाट सन्यास लिएका छन्। तिवारीले सन् २००८ मा अस्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। सन् २०१५ को जुलाईमा जिम्बाब्वेमा उनले करियर अन्तिम ओडिआई खेलेका थिए।

मनोजले भारतका लागि १२ ओडिआई खेल खेलेका छन्। १२ खेलमा उनले २ सय ८७ रन बनाउँनुको साथै ५ विकेट समेत लिएका छन्। मनोजले भारतका लागि ३ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल समेत खेलेका थिए। तीन खेलमा मनोजले १५ रन बनाएका थिए। 

सन् २०१२ मा कोलकाता नाइट राइडर्स आइपीएल च्याम्पियन बन्दा तिवारी टोलीका सदस्य रहेका थिए। तिवारीले आईपीएलमा राइजिङ पुणे सुपरजाइन्ट्स, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सको प्रतिनिधित्व गरेका थिए।

तिवारीले सन् २००४ मा घरेलु मैदान इडेन गार्डेन्सबाट प्रथम श्रेणीको करियर सुरु गरेका थिए। उनको अन्तिम खेल यस वर्षको सुरुमा सौराष्ट्रसँग रणजी ट्रफी फाइनलमा पराजित भएको थियो। उनको अन्तिम प्रथम श्रेणीको खेल समेत घरेलु मैदानमा नै भएको थियो। प्रथम श्रेणी क्रिकेटमा उनले २९ शतक र ४५ अर्धशतकसहित ९ हजार ९ सय ८ रन बनाएका थिए। तिवारीले बंगालबाट सबै घरेलु क्रिकेट खेलेका थिए।

Logo