सपोर्ट लघुवित्तले ह्वात्तै बढायो नाफा

सपोर्ट लघुवित्तले ह्वात्तै बढायो नाफा


गत आर्थिक वर्षको चौँथो त्रैमासिकसम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफा ह्वातै बढेको छ।

एक वर्षको अबधीमा खुद नाफा १३२.२३% ले बढेर २ करोड २७ लाख २६ हजार रुपैयाँ पुगेको छ।अघिल्लो वर्षको यसैअबधीमा यस कम्पनीले ९७ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यसअवधीमा खराब कर्जा ह्वातै घटेको र सञ्चालन नाफा बढेको कारण खुद नाफा बढेको हो। खराब कर्जा ६.७३% ले घटेर १.८३% मा आएको छ। अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीको खराब कर्जा ८.५६% थियो। सपोर्ट लघुवित्तको खराब कर्जा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा रकम नछुट्याएका कारण खुद नाफामा आकर्षक वृद्धि भएको हो। 

सञ्चालन नाफा ४२.०१% ले बढेर १ करोड ९१ लाख ४७ हजार रुपैयाँ पुगेको छ। यता,खुद ब्याज आम्दानी भने ११.२४% ले घटेर ७ करोड २ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ। प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६९ पैसा छ।

Logo