प्रधानमन्त्रीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

आज २ बजे प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने निर्धारित कार्यक्रम थियो । सम्बोधन भोलि ३ गते बिहान ११ बजे सम्मका लागि स्थगित भएको हो ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित राष्ट्रियसभा सदस्य उपाध्यायको रुपन्देहीस्थित निवासमा आज निधन भएको हो ।उनी नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका थिए ।

सम्बन्धित समाचारहरु