बास्केटबल : मोर्गन सेमिफाइनलमा

काठमाडौँ ।
मोर्गन पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह अन्तर्गत बास्केटबलको गर्ल्समा सेमिफाइनल प्रवेश गरेको छ ।

बसुन्धरास्थित ऋत एकेडेमीमा भएको खेलमा मोर्गनले जेभियर इन्टरनेसनल कलेजलाई २५–१७ ले पराजित ग¥यो । मोर्गनको जितमा सिम्रन महर्जनले १० अंक योगदान गरिन् । ब्वाइजमा ऋत एकेडेमी, साइपाल एकेडेमी, बर्न हार्ट र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

ऋतले काठमाडौं भ्यालीलाई ३०–१७, साइपालले एडमार्कलाई ४७–१३, बर्न हार्टले नोबेल एकेडेमीलाई २७–२६ र सीसीआरसीले नवोदितलाई ४२–२३ ले हराए । ऋतका ललित भण्डारीले १३, साइपालका सागर लामाले १४, बर्न हार्टका दीपेश महर्जनले ११ र सीसीआरसीका सिजन महतले १८ स्कोर गरे ।

भलिबल : सीसीआरसी र प्रिसियस सेमिफाइलनमा

सीसीआरसी र प्रिसियस पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह अन्तर्गत भलिबलको ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ऋत एकेडेमीमा भएको खेलमा सीसीआरसीले टाइम्सलाई २५–१६ र २५–२२ तथा प्रिसियसले हिमालयनलाई २५–२१ र २५–१६ को सोझो सेटमा पराजित गरे । ब्वाइजमै ग्लेसियर, एन्जल्स हार्ट, जुबिलियन्ट र गीताञ्जली क्वाटर फाइनलमा पुगे ।

सम्बन्धित समाचारहरु

ताजा समाचार