#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119728152919743252306342854
नेपाल152593290846143

व्यंग्य: प्रेम दिवस !

  • सरद विष्ट-

मैले प्रेमलाई नै जीवन ठाने ।
तिमी प्रेमलाई के ठान्यौं ?
उसले भनी,“धत प्रेम पनि कहिं जीवन हो ?”
अलि मुख बिगार्दै फेरि भनी ‘जीवन पो प्रेम हो त ।’
‘कसरी ?’

उसले भनी जीवन नभए कसरी प्रेम हुन्छ ?
उसको प्रश्नले मलाई धेरै भावुक बनायो ।
मैले बुझेको कुरा,
सच्चा प्रेम नै जीवनको दस्तावेज हो ।

उसले निकै गम्भीर भएर सोधी, ‘तिमीलाई प्रणय दिवस के हो थाहा छ ?’
म त सबै भोगेको मान्छे त्यत्ति एउटा प्रणय दिवसको बारेमा थाहा नपाउनु !
उ खिस्स हासी र भनि, के मलाई माया गछौं ?
उसको प्रश्न भुईमा खस्न नपाउदै मैले जवाफ दिए–
मेरो मायामा अझ प्रेमको लेखाजोखा ?
उसका दुवै ओठहरु हाँसे ।
मैले लेखेको कविता ‘मृत्युको जित’ सुनाए
ऊ निकै भावुक भई
हेर ! यही कवितामा म बिधालयमा प्रथम भएको थिए ।
उसले सोधी– को हुन रोमियो एण्ड जुलेट ?
मैले मनमनै भने अंग्रजी नपढेकी मान्छे ?
तिनीहरु प्रेममा संसार जितेका मान्छे हुन ।

उसले कुरो अन्तै मोडी ।
यसपालिको प्रणय दिवस कसरी मनाउछौं ?
प्रश्न आफैमा चित्कार अनि रोदन पनि थियो ।
म त्यहाँबाट हिँडे ।
व्यस्त बजारको भिडभाडमा तरुना तन्देरी फूलहरु आदान प्रदान गर्दै थिए ।
मलाई पनि एउटा गिफ्ट पसलमा पुग्नु थियो ।
गिफ्ट पसल छिचोल्दा छिचोल्दै एक भव्य गिफ्ट पसलमा पुगे ।
पसलेलाई भ्याइनभ्याइ थियो, फूलहरु बेच्न ।
युवा–युवतीहरु गिफ्ट छान्न व्यस्त थिए ।
सबै आ–आफ्नो धुनमा थिए ।
कसैलाई कसैको पर्वाह थिएन ।
म पनि त्यही भिड्भाडमा थिए ।
अनि अलि पर कुनामा एउटी सून्दर युवती थिई ।
उसको हातमा फूलहरु थिए ।
म नजिक गएर यी फूलहरु कसका लागि भनेर सोधे ।
उ झर्किएर बोलि, तिमलाई के सरोकार !
सरोकार त होइन त्यही पनि आज प्रेम दिवस ।
संसारभरका मान्छेहरु सँग माया, प्रेम र सद्भाव देखाउने दिन हो ।
आफूलाई कत्रो चोट परेको छ, उसले भनि ।
के को चोट ? मलम लगाएर घाउ निको बनाउनु पर्छ ।
अन्यथा चोटमाथि चोट बल्झन्छ मैले जवाफ दिए ।
उ खिस्स हाँसी र सोधी, तिम्रो नाम के हो ?
मेरो नाम प्रेम हो ।

वा ! कस्तो राम्रो नाम ? उसले फेरि सोधी तिम्रो घर कहाँ हो ?
मेरो घर हिमाली जिल्लामा पर्छ । जहाँ सेता हिमालहरु छन् ।
अनि सहरमा किन आएको ? उसले सोधी
आज शहरमा आउने रहर होइन, वाध्यता छ ।
सुन ! म भन्छु ।
म साच्चै प्रेम दिवसको नारा लगाउन आएको हुँ ।
बाउले छोरीलाई बलत्कार, दाईले बहिनीलाई बलत्कार
चोरी, लुट्पाट, हत्या हिंसा, भष्टाचार गरिवी के के हो ?
देश स्तव्ध छ ।

देशको घाउ र तिम्रो प्रेमको घाउ फरक कुरा हुन् ।
उसले नबुझे जस्तो गरी ।
मतलब मेरो कुरा बुझ्न उसको ध्यान गएन ।
ए ! ए !! छोडिदेउ म भन्दै थिए ।
ल ! ल !! मेरो प्रेम दिवसको सन्देश सुन्छौ ?
उ सुन्न आत्तुर थिई ।

मैले खर्रर वाचन गरे ।
तिमी, को हौ तिमी ? के भनुँ म तिमीलाई ?
तिमी जीवनको अर्थ, तिमी नै जीवन,
तिमी सास, तिमी मुटु, तिमी नै धड्कन ।
जीवनभन्दा माथी प्यार छ तिम्रो,
मेरो हर सासमा अधिकार छ तिम्रो ।
त्यो चन्द्रमा , ती तारा,
यो नदी तिमी छ्यौ र त सब छन्,

त्यो तिम्रो मुस्कान म जीउनुको कारण ।
हर क्षण तिम्रो लागि मेरो प्यारको उपहार हुनेछ ।
र त्यति बेलासम्म मेरा आँखामा तिम्रो प्यार हुनेछ ।
जबसम्म समुन्द्रको पानी गुलियो हुँदैन,
जबसम्म कोइलीको आवाज नमिठो हुँदैन,
जबसम्म हिराले आफ्नो चमक छाड्दैन,
र यी सब हुन असम्भव छ,
त्यसैले मैले तिमीलाई भुल्न असम्भव छ ।
यी हरफहरु उसलाई खुव घत लाग्यो ।

उसको मोवाईलमा कपि गर्न खोजी रहेकी थिई ।
तिमी त खतरा साहित्यकार रहेछौं, उसले भनि ।
म शीर ठाडो पारे ।
उसले दिएको तक्मा जोगाउनु थियो ।
झमक्क साझ पर्दै थियो ।
बजारको रौनक अर्कै थियो ।
तरुना तन्देरी सबै आ–आफ्नो धुनमा व्यस्त थिए ।
सबैको अभिसाय प्रेमप्रतिको मोह थियो ।
मैले पनि झट्ट सम्झिए श्रीमतीको लागि आज के कोशेली ?
गिफ्टहरु सोचे भन्दा पनि महङ्गा थिए ।
गिफ्टहरु छान्दा छान्दै निकै अवेर भइसकेको थियो ।
म निकै हतारमा थिए ।
उसले अझै प्रेम लिलाका कुरा सुन्न खोजिरहेकी थिई ।
अब म समयमै घर पुग्नुपर्छ भन्ने निधो गरे ।
गिफ्टहरु पनि किन्न सकिएन ।
रित्ता हातहरु लिएर प्रेम दिवस मनाउन घर फर्किए ।।

सम्बन्धित समाचारहरु

ताजा समाचार